spot_img
होमपेजओप \एडदक्षिण कोरियाका राष्ट्रपतिले भने– लोकतन्त्र बचाउन संसद्‌मा सेना पठाएँ, राजीनामा दिन्नँ

दक्षिण कोरियाका राष्ट्रपतिले भने– लोकतन्त्र बचाउन संसद्‌मा सेना पठाएँ, राजीनामा दिन्नँ

- Advertisement -spot_img

दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले कानुनअनुसार नै ‘मार्सल ल’ लागु गरेको बताएका छन् । बिहीबार टेलिभिजन सम्बोधनमार्फत उनले आफ्नो निर्णयको बचाउ गरेका हुन् । उनले आफूले राजीनामा नदिने र अन्तिमसम्म महाभियोगविरुद्ध लड्ने बताएका छन् ।

उनले संसद्‌मा सेना पठाउनु विद्रोह नभएको पनि बताएका छन् । लोकतन्त्रको अन्त्य हुन नदिन र संसद्‌मा प्रतिपक्षको अधिनायकवादको विरोध गर्न मार्सल ल लगाउने निर्णय गरेको उनको भनाइ छ ।

“ममाथि छानबिन होस् वा महाभियोग लगाइयोस् । म निष्पक्षरूपमा सामना गर्नेछु । अन्तिम सम्म लडिरहनेछु,” उनले भनेका छन् ।

यसअघि, डिसेम्बर ७ मा राष्ट्रपति युनले ‘मार्सल ल’ लागु गरेकोमा देशसँग माफी मागेका थिए । उनले ‘मार्सल ल’ निर्णय कानुनी वा राजनीतिक कारणले नभएर निराशाका कारण लिएको बताएका थिए । युनले विपक्षीले सरकारको काम कारबाही रोकेको आरोप लगाएका छन् । 

दक्षिण कोरियामा विपक्षी दलको बहुमत छ । संसद्को ३०० सिटमध्ये प्रमुख विपक्षी डेमोक्र्याटिक पार्टी अफ कोरिया (डीपीके) को १७१ सिट छ । दक्षिण कोरियामा राष्ट्रपतिलाई हटाउन शनिबार महाभियोग प्रस्ताव ल्याइएको थियो । तर, त्यो असफल भयो । यसका लागि २०० मत आवश्यक परे पनि विपक्षीले १९५ मतमात्रै जुटाउन सकेका छन् ।

दक्षिण कोरियामा राष्ट्रपति युनले डिसेम्बर ३ को रातमा देशमा मार्सल ल लागु गरेका थिए । तर, चर्को विरोधपछि उनले ६ घण्टामै आफ्नो निर्णय फिर्ता लिएका थिए । युनको कदमपछि दक्षिण कोरियामा उनको चर्को विरोध भइरहेको छ ।

सीएनएनबाट ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्