spot_img
होमपेजप्रदेश समाचारराष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को प्रदर्शन : तीनकुनेको कमजोरी सुधार्दै प्रहरी, आवश्यक परे सिलसिलेवार...

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को प्रदर्शन : तीनकुनेको कमजोरी सुधार्दै प्रहरी, आवश्यक परे सिलसिलेवार बल प्रयोग गर्ने रणनीति

- Advertisement -spot_img

मङ्गलबार, २६ चैत/ काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार काठमाडौँको बल्खुमा विरोधसभाको आयोजना गर्दैछ । लघुवित्त पीडितहरूले रत्नपार्क क्षेत्र र शिक्षकहरूले माइतीघरमा प्रदर्शनको आयोजना गरेका छन् ।

चैत १५ मा तीनकुनेमा दुर्गा प्रसाईँ र नवराज सुवेदीको नेतृत्वमा भएको प्रदर्शनमा सुरक्षा कमजोरी गरेको भनेर आलोचना खेपेको प्रहरीले मंगलबारको कार्यक्रममा चुस्तता कायम गर्ने रणनीति बनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले राप्रपालाई बल्खु चोकबाट त्रिभुवन विश्वविद्यालय तर्फको सडकमा कार्यक्रम गर्न अनुमति दिएको छ ।

बल्खुको सभामा मात्रै २ हजार भन्दा धेरै प्रहरी परिचालन गर्ने गरी काठमाडौँ प्रहरीले सुरक्षा रणनीति तयार गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहरा भन्छन्, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतृत्वहरूसँग पनि समन्वय गरिरहेका छौँ, उहाँहरूले शान्तिपूर्ण प्रदर्शन गर्ने बताउनुभएको छ ।’

बल्खु क्षेत्रमा ड्रोन र सीसी क्यामेराबाट निगरानी गर्ने प्रहरीको रणनीति छ । बल्खु क्षेत्रमा परिचालित हुने सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागको बिचमा ‘एकीकृत’ सुरक्षा व्यवस्था मिलाउने र सुरक्षा ग्याप हुन नदिने निर्णय गरिएको छ । सोमबार साँझ बसेको तीनवटा सुरक्षा निकायका प्रमुखहरूको बैठकले सूचना तलसम्म सेयर गर्ने र सूचनाको ग्याप हुन नदिने निर्णय गरेका हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्