spot_img
होमपेजप्रदेश समाचाररवि लामिछाने भैरहवा कारागार चलान

रवि लामिछाने भैरहवा कारागार चलान

- Advertisement -spot_img

सोमबार, २५ चैत /बुटवल । बुटवलको सुप्रिम सहकारी प्रकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भैरहवा कारागार चलान गरिएको छ । जिल्ला प्रहरी कार्यलय रुपन्देहीले अदालती प्रकिृया पुर्याएर लामिछानेलाई सोमबार भैरहवा कारागार पठाएको हो।

जिल्ला प्रहरी कार्यलय रुपन्देहीका डीएसपी सुरज कार्कीले सबै अदालती प्रक्रिया पुर्याएर कारागार पठाइएको बताए । उनले अर्को आदेश नआउँदासम्म लामिछाने भैरहवा कारागारमै रहने जानकारी दिए ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा राख्ने आदेश दिएपछि लामिछानेलाई शुक्रबार काठमाडौँबाट पक्राउ गरी शनिबार विमानमार्फत भैरहवा ल्याइएको थियो ।

भैरहवा कारागारमा सोही सहकारी प्रकरणमा मुछिएका पूर्व डीआईजी छविलाल जोशी पनि रहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्