spot_img
होमपेजप्रदेश समाचारबीपी कोइरालाको सालिकमा मोसो दलिएको घटना के हो?

बीपी कोइरालाको सालिकमा मोसो दलिएको घटना के हो?

- Advertisement -spot_img

आइतबार २४ चैत/काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ मा रहेको बीपी कोइरालाको सालिकमा मोसो दलिएको भन्दै सामाजिक सञ्जालमा यसको विरोध भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) सहित राजावादी समूहले मोसो दलेको भन्दै त्यसको विरोध भएको छ । राप्रपाका महामन्त्री तथा सांसद धवल शमशेर राणाको रिहाइ माग गर्दै शनिाबार साँझ राँके जुलुस भएको थियो ।

सो क्रममा राजावादी समूहले मोसो दलिएको आरोप छ । तर जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी तुलबहादुर कार्कीले भने मोसो नदलिएको बताए ।

आन्दोलनकारी र प्रहरीको घम्साघम्सीमा बोराको टुक्रा शालिकमा परेको थियो । तुरुन्तै प्रहरीले हटाएको हो,’ एसपी कार्कीले भने, ‘कालोमोसो भने दलिएको छैन ।’

यता नेपाली कांग्रेस नेत्री एवं नेपालगञ्जको पूर्व उपमेयर उमा थापामगरले अराजक समूहले बीपीको अनुहारमा कपडा फ्याँकेको बताइन् । उनले भनिन्,‘राप्रपाले राँके जुलुस निकालेको रहेछ । अराजक व्यक्तिहरूले बीपीको सालिकमा कपडा फ्याँकेका रहेछन् । मोसो दलेको होइन । त्यो कपडा हटाइसकियो ।’

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले पनि राप्रपाले यस्तो गलत हर्कत नगर्ने आशय व्यक्त गरेका छन् ।

‘राप्रपाले बीपीको वा अरू कसैको शालिकमाथि दुर्व्यवहार ग‍र्‍यो भनेर कसैले भन्यो भने तपाई पत्याउनुहुन्छ ?’ प्रतिप्रश्न गर्दै श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘इतिहासको सम्मान गरौं भन्ने पार्टी र पार्टीका कार्यकर्ताले यस्तो उच्छृङ्खल र अराजक काम कदापी गर्दैन । यस्तो काममा कुन(कुन पार्टीका मान्छेहरू संलग्न हुन्छन् भन्ने दुनियाँलाई थाहै छ त)

तीनकुनेमा जस्तै नेपालगञ्जमा पनि घुसपैठ भयो की भन्ने आशय पनि व्यक्त गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्