spot_img
होमपेजप्रदेश समाचारबेपत्ता चालकको खोजीका लागि गोताखोर परिचालन

बेपत्ता चालकको खोजीका लागि गोताखोर परिचालन

- Advertisement -spot_img


काठमाडौँ । नारायणगढ–काठमाडौँ सडक खण्डबाट त्रिशूली नदीमा मोटरसाइकल खस्दा बेपता चालक रोहित रानाको खोजीका लागि गोताखोर परिचालन गरिएको छ ।

शुक्रवार बिहान ११ः ५५ बजे मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ०६–०२–प ९२०४ नम्बरको मोटरसाइकल चितवनको ईच्छाकामना गापा–५ चट्टाने भीर ९कालीखोला० मा डिभाइडरमा ठोक्किएर त्रिशूली नदीमा खस्दा राना बेपत्ता भएका थिए ।

नदीमा बेपत्ता रानाको खोजी कार्यका लागि गोताखोर परिचालन भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
खोजी कार्यका लागि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक सूर्यराम राउतको कमाण्डमा ६ जना गोताखोरसहितको टोली परिचालन भएको थापाले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्