बुधबार, २० चैत/ बाँके । ६८ औं राष्ट्रिय सहकारी दिवस अन्तरगतको साता ब्यापी कार्यक्रम आज राप्ती सोनारीमा सम्पन्न भएको छ । सहकारी दिवसको अवसरमा राप्ती सोनारीमा एक साता सम्म सरसफाई, रक्तदान, लगायतका थुप्रै कार्यक्रमहरु गरिएका थिए ।
राप्ती सोनारीमा रहेका ४३ वटा सहकारी संस्थाहरुले एक साता देखि गर्दै आएको साताब्यापी कार्यक्रम बुधबार सकिएको हो । अन्तिम दिन आज सहकारीमा आवद्ध सहकारीकर्मीहरुले राप्ती सोनारी ५ बिनौना चोक बाट अगैया सम्म सयौंको संख्यामा मोटरसाईकल र्याली समेत गरेका छन् ।
र्याली पछि राप्ती सोनारी गाउँपालिकामा एक कार्यक्रम गर्दै सरोकारवालहरुले सहकारीलाई सबैको साझा बनाउँदै किसान मुखि हुनुपर्नेमा जोड दिएका थिए । उनीहरुले विश्व बजारमा अर्थतन्त्र निकै प्रविधि मैत्री हुँदै गएकोले सहकारीहरुमा के वाई सी सिस्टम लागु हुनुपर्नेमा जोड दिएका थिए ।
राप्ती सोनारी सहकारी समन्वय समितिका संयोजक जमान सिंह वलीको सभापतित्वमा भएको कार्यक्रममा राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेल प्रमुख अतिथि रहेका थिए ।