spot_img
होमपेजप्रदेश समाचारराप्ती सोनारी गाउँपालिकाको कर्णे राजा मन्दिर परिसरमा विशेष पुजापाठ सहित मेला सुरु

राप्ती सोनारी गाउँपालिकाको कर्णे राजा मन्दिर परिसरमा विशेष पुजापाठ सहित मेला सुरु

- Advertisement -spot_img

बुधबार, २० चैत/बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. ५ मा रहेको कर्णे राजा मन्दिर परिसरमा मेला लाग्ने भएको छ । हरेक बर्ष चैते दशै अर्थात राम नवमीको अवसर पारेर कर्णे राजा मेला लाग्दै आएको छ ।

मेला आज बुधबार बाट सुरु भई २५ गते विहान सम्म लाग्ने भएको हो । यस बर्ष कर्णेराजा मेला संरक्षण समितिले १ लाख २६ हजार रुपैयाँमा स्थानीय रेग बहादुर खड्कालाई सम्पुर्ण जिम्मा दिएको छ ।

मेलामा १ सय वटा स्टल, कला संस्कृति झल्कने नाचगान, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती, नौटंकी नाच, झुला, पिगं र खेलकुद मुख्य आर्कषकको रुपमा रहेका छन् ।

रातीको समयमा लाग्ने मेलामा सुरक्षा ब्यवस्था समेत कडा पारिएको इलाका प्रहरी कार्यालय धामपुरले जनाएको छ । हरेक बर्ष राम नवमीको बेला कर्णेराजा मन्दीरको विशेष पुजापाठ हुने गरेको छ । शक्ति पिठको रुपमा मानिने कर्णेराजा मन्दीरको बुधबारबाट विधिवत पुजापाठ समेत सुरु गरिएको छ । स्थानीय अगुवा बालकराम थारुका अनुसार मन्दीरमा हात्ती, घोडा र बाघको मुर्ति नयाँ राखिएको छ भने पाँचदिन सम्म विशेष पुजापाठ हुने छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्