spot_img
होमपेजप्रदेश समाचारकर्फ्युपछि कोटेश्वर सडकमा सेना

कर्फ्युपछि कोटेश्वर सडकमा सेना

- Advertisement -spot_img

शुक्रबार, १५ चैत/ काठमाडौँ । राजावादी समूहको आन्दोलन हिंसात्मक भएसँगै जारी गरिएको कर्फ्युपछि कोटेश्वर क्षेत्रमा सेना खटाइएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रवार अपराह्न ४ः२५ बजेदेखि राति १० बजेसम्म विभिन्न स्थानमा कर्फ्यु लागू गरेको हो ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम अधिकारीका अनुसार सो अवधिमा तोकिएको स्थानमा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ आदि गर्न नपाइने सूचनामा उल्लेख छ । यस्तै आवतजावत पनि गर्न नपाइने सूचनामा उल्लेख छ ।
कर्फ्यु गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वरदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म लगाइएको प्रशासनले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्