spot_img
होमपेजUncategorizedसकियो एसईई, सम्झना स्वरूप एकअर्काको टिसर्टमा लेखियो सन्देश

सकियो एसईई, सम्झना स्वरूप एकअर्काको टिसर्टमा लेखियो सन्देश

- Advertisement -spot_img


शुक्रबार, १५ चैत/काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा (एसईई) शुक्रबारबाट सम्पन्न भएको छ । चैत ७ गतेदेखि सुरु भएको परीक्षा सकिएसँगै राजधानीमा केही विद्यार्थीहरुले सम्झना र मायाको चिनो स्वरूप एकअर्काको सर्ट र टिसर्टमा विभिन्न सन्देश लेखे ।

एकअर्काको टिसर्टमा उनीहरूले आगामी दिनको शुभकामनाका साथै विद्यालयमा पढ्दाका साथीको सम्झना, सन्देशसहितको मिठो पल कैद गर्ने प्रयास गरेका हुन् ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार एसईईमा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी भए । गत वर्ष २०८० को एसइईमा चार लाख ६४ हजार ७८५ जना परीक्षार्थी सहभागी भएका थिए ।

बोर्डले यस वर्ष असार ७ गतेभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने गरी काम गर्ने बताएको छ । न्यूनतम ३५ अङ्कभन्दा कम ल्याउने परीक्षार्थी अनुत्तीर्ण हुनेछन् ।

लेटर ग्रेडिङ प्रणालीमै यस वर्ष पनि परीक्षाको नतिजा सार्वजनिक गरिनेछ । सरकारले परीक्षाको नतिजामा उत्तीर्ण दरमा ७० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ । विसं २०८० को एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्