spot_img
होमपेजराष्ट्रिय समाचारललिता निवास प्रकरण माधव नेपाल र बाबुरामविरुद्धको मुद्दामा सुनुवाइ सकियो

ललिता निवास प्रकरण माधव नेपाल र बाबुरामविरुद्धको मुद्दामा सुनुवाइ सकियो

- Advertisement -spot_img

काठमाडौँ । पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईमाथि ललिता निवासको जग्गा प्रकरणमा मुद्दा चलाउन माग दाबी गरिएको रिटमाथि सुनुवाइ सकिएको छ । बिहीबार न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा उक्त रिटमाथि सुनुवाइ भएको हो ।

सुनुवाइ सकिएकाले सम्भवतः फैसला बिहीबारै आउने सम्भावना रहेको बताइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्री नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले उक्त निर्णय बदरको माग गर्दै रिट दायर गरेका थिए ।

न्यौपानेले २९ माघ २०७६ मा सर्वोच्च अदालतमा उनीहरु विरुद्ध रिट दायर गरेका हुन् । निवेदकले नेपाल र भट्टराईलाई ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाउने कार्यमा संलग्न रहेको दाबीसहित भ्रष्टाचार मुद्दा चलाउन आदेश माग गरेका थिए ।

अख्तियारले भने नेपाल र भट्टराईले नीतिगत निर्णय मात्रै गरेकाले मुद्दा नचलाउने निर्णय गरेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्