spot_img
होमपेजप्रदेश समाचारप्रदर्शनी मार्ग क्षेत्रमा सवारी साधन डाइभर्ट सुरु, अन्यत्र अवस्था हेरेर डाइभर्ट गरिँदै

प्रदर्शनी मार्ग क्षेत्रमा सवारी साधन डाइभर्ट सुरु, अन्यत्र अवस्था हेरेर डाइभर्ट गरिँदै

- Advertisement -spot_img


शुक्रबार, १५ चैत/काठमाडौँ । काठमाडौँको प्रदर्शनीमार्गमा गणतन्त्र पक्षधर समूहले बिच सडकमा मञ्च तयार गरेका छन् । पुरानो बसपार्क हुँदै भद्रकाली तर्फको सडकमा मञ्च निर्माण गरिएको कारण ट्राफिक प्रहरीले टुँडिखेल घुम्ने सवारी साधनलाई डाइभर्ट गरिरहेको छ ।

काठमाडौँको प्रदर्शनी मार्गमा गणतन्त्रका पक्षधर र तीनकुनेमा आज राजतन्त्र पक्षधरले प्रदर्शन गर्दैछन् । गणतन्त्रको पक्ष र विपक्षमा हुने प्रदर्शनलाई निकै चासोपूर्वक हेरिएको छ ।

रणदीप चोकबाट भद्रकालीतर्फ आउने सडकमा सवारी सञ्चालन गर्न रोक लगाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले बताए ।

प्रदर्शन स्थलतर्फ जान खोज्ने सवारी साधनलाई जय नेपाल हल र बागबजारबाट डाइभर्ट गरिएको छ । न्यु प्लाजाबाट पद्मोदयतर्फ जाने सवारीलाई रोक लगाइएको छ । रत्नपार्क हुँदै टुँडिखेल घुम्ने सवारी साधनलाई पनि सञ्चालनमा रोक लगाइएको एसपी गिरीले बताए । उनले भने– ‘वीर अस्पताल र रत्नपार्क क्षेत्रमा शुक्रबार डिस्टर्व हुन्छ ।’

नियमित रूपमा टुँडिखेल घुम्ने बसहरूलाई ट्राफिक प्रहरीले त्रिपुरेश्वरबाट डाइभर्ट गरेको छ । गणतन्त्र पक्षधर प्रदर्शनकारीहरू जम्मा भएसँगै माइतीघर, कुपण्डोल र सोह्रखुट्टे क्षेत्रमा पनि सवारी डाइभर्सन गर्ने ट्राफिक प्रहरीको योजना छ । एसपी गिरी भन्छन्, ‘अवस्था हेरेर डाइभर्सन गर्छौँ ।’

मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को ब्यानरमा पूर्व राजाका समर्थकहरूले तीनकुनेमा प्रदर्शन आयोजना गरेका छन् । नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले प्रसाईंसँगै मिलेर प्रदर्शन गर्न लागेको सुरक्षा अधिकारीहरू बताउँछन् ।

तीनकुनेस्थित खुल्ला चउरमा हुने सभाको कारण ट्राफिकले सिनामंगल र कोटेश्वरबाट गाडीहरुलाई बागमती करिडोरतर्फबाट डाइभर्ट गरेको छ । कोटेश्वर चोकमा प्रदर्शनको कारण सड्क अवरुद्ध नभएसम्म सवारी चल्न दिइने र त्यसपछि मात्रै डाइभर्ट गरिने एसपी गिरीले बताए । उनले भने– ‘जुलुस सुरु भएर बाटो अवरुद्ध हुन थालेपछि चक्रपथ क्षेत्रमा पनि डाइभर्सन गर्छौँ ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्