spot_img
होमपेजप्रदेश समाचारपरीक्षाको बेला आन्दोलनै आन्दोलन, जिम्मेवार र सजग भएर प्रस्तुत हुन शिक्षा मन्त्रालयको...

परीक्षाको बेला आन्दोलनै आन्दोलन, जिम्मेवार र सजग भएर प्रस्तुत हुन शिक्षा मन्त्रालयको अनुरोध

- Advertisement -spot_img


शुक्रबार, १५ चैत/काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ७ देखि चलिरहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार अन्य कक्षाको वार्षिक परीक्षा पनि चलिरहेको छ ।

‘सबै कक्षाको वार्षिक परीक्षाको महिना हो ।शैक्षिक सत्रको अन्तिम महिनामा छौँ । परीक्षा र नतिजा सार्वजनिक गर्ने महिना हो’, शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भने ।

तर, विभिन्न समूहले आन्दोलन घोषणा गरेका छन् । यसले विद्यार्थीको परीक्षामा प्रभावित पर्न सक्ने भन्दै अभिभावक चिन्तित भएका छन् । विद्यालय तहमा करिब ७० लाख बालबालिका अध्ययनरत छन् । विद्यार्थीको परीक्षाको समयमा भइ रहेको आन्दोलनले गम्भीर बनाएको मन्त्रालयले जनाएको छ ।

‘विद्यार्थीको भविष्य बनाउने समय हो । परीक्षा छुटेमा फेरि विद्यार्थीले जाँच दिन पाउने व्यवस्था छैन । एक वर्ष लस हुन्छ’, प्रवक्ता सापकोटाले भने, ‘परीक्षाको समयमा सबै जिम्मेवार र सजग भएर प्रस्तुत हुनुहुन्छ भन्ने अपेक्षा छ ।’

मन्त्रालयले विद्यार्थीको परीक्षा प्रभावित हुनेगरी कुनै गतिविधि नहुने अपेक्षा लिएको छ ।

काठमाडौंमा आज गणतन्त्रवादी र राजतन्त्रवादीको छुट्टाछुट्टै प्रदर्शन छ । यद्यपि, एसईईका कारण १२ बजेपछि मात्र प्रदर्शन गर्ने निर्णय गरेको छ ।

आन्दोलनका कारण केही विद्यालय बन्द समेत गरिएको छ । आन्दोलन हुने क्षेत्रका केही निजी विद्यालयले सूचना निकालेर बन्द हुने जनाएका छन् ।

काठमाडौंका प्रिमियर, पाठशाला, मिल्सबेरी, ह्वाइटहाउस लगायतका स्कुलले दिउँसोको पठनपाठन बन्द हुने सूचना अभिभावकसमक्ष पठाएका छन् । प्रदर्शनका कारण सवारी आवागमन र सुरक्षामा समेत असर पर्नसक्ने भन्दै केही विद्यालयहरूले बन्द गर्ने निर्णय गरेका हुन् ।

सरकारले परीक्षाको लागि सुरक्षा व्यवस्था गरेको जनाएको छ । शिक्षा मन्त्री विद्या भट्टराईले गृह मन्त्रालय र शिक्षा मन्त्रालयले समन्वय गरेर सुरक्षाको व्यवस्था मिलाएको बताएकी छिन् । ‘गृहसँग कुरा गरेका छौँ । सुरक्षाको वयवस्था मिलाएको छ । विद्यार्थीले ढुक्कसँग परीक्षा दिने वातावरण सबैले बनाउनु पर्छ’, उनले भनिन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्