सोमबार, ११ चैत / काठमाडौँ । हरेक गीत संगीतको आ आफ्नै कथा रहेको हुन्छ । त्यस्तै त्रिकोणात्मक प्रेम कथामा आधारित ‘जाल झेल’ “हात्ती आयो हात्ती आयो फुस्सा भयो” भन्ने बोलको गीत आर।डि।पी यु ट्युब च्यानल मार्फत सार्बजनिक भएको छ ।
गीतमा एडी भण्डारी ‘अर्जुनको’ शब्द , प्रमोद डिजीको आवाज र संगित,रंजन राईको मिक्सिङ्ग र बिशाल निरौलाको संगित संयोजन रहेको छ ।
अनिल शाहीको निर्देशन रहेको गीतमा धर्मराज शाही,रामचन्द्र नेपाली,ब्लाईन्ड डेटकी प्रतिष्प्रर्धी ममता माझीको अभिनय रहेको छ भने बिक्रान्त आचार्य ‘बिनोद’ र दिब्या न्यौपानेले अभिनयमा साथ दिएका छन । गीतमा अमित बिक को छायाकंन,राजेश कुमारको भिडियो सम्पादन तथा कलर,हेमन्त चौधरीको ब्यबस्थापन,राजेश अनुरागीको डिओपी र डम्मर आचार्यको सहयोग रहेको छ ।


बिगत लामो समयदेखि गीत संगितको क्षेत्रलाई निरन्तरता दिदै र गीत संगित लाई नै आफ्नो कर्म बनाउँदै आएका गायक प्रमोद डिजीका थुप्रै गीतहरु बजारमा आईसकेका छन । उनले नेपाली भाषा,थारु भाषा र देउडा,पप तथा लोक दोहोरी गीतहरु गाएका छन । ती मध्ये तोहार नथिया,यी दिल थारु भाषाका गीत,रुप्स्या पातली देउडा,बाजा बजाउने हो लोकदोहोरी,मलाई छोडी गयौ तिमी पप र आधुनिक सुटुक्कै बाटो काटेर गई जस्ता गीतहरु उनका उत्कृष्ट गीतहरु हुन ।