spot_img
होमपेजप्रदेश समाचारपाइप फुटेर भेल पसेपछि विशेष अदालतको सुनुवाइ स्थगित

पाइप फुटेर भेल पसेपछि विशेष अदालतको सुनुवाइ स्थगित

- Advertisement -spot_img

३० माघ, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप फुटेपछि विशेष अदालतमा चलिरहेको मुद्दाको सुनुवाइ नै रोकिएको छ । अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार अदालत परिसरमा बाढी पसेपछि सबै काम ठप्प भएको हो ।

‘अहिले बिजुली पनि छै । अदालतको भुइँतला सबै डुबेको छ,’ उनले अनलाइनखबरसँग भने । उनका अनुसार सबै कर्मचारी र सेवाग्राही अदालत परिसरभित्रै रोकिएका छन् ।

‘हामी सबै अदालतभित्रै छौं,’ उनले भने, ‘पानी पसेपछि चलिरहेको सुनुवाइ पनि स्थगित गरेका हौं ।’ उनीहरूलाई सुरक्षार्थ खटिएका प्रहरीको टोलीले उद्धार गरिरहेको छ ।

बुधबार दिउँसो मेलम्चीको मुख्य पानीको पाइप एकाएक भित्र छिरेपछि अहिले त्यहाँ वरपर जलमग्न भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्