spot_img
होमपेजप्रदेश समाचारअपहरणको धम्की दिएको आरोपमा एक व्यक्ति पक्राउ

अपहरणको धम्की दिएको आरोपमा एक व्यक्ति पक्राउ

- Advertisement -spot_img

१० चैत, काठमाडौं । अपहरणको धम्की दिएर आपराधिक लाभ लिन खोजेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीको धनकौला गाउँपालिका–२ घर भएका भक्तपुरको लोकन्थली बस्ने सुदीपकुमार साह गुप्ता छन् ।उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनले आपराधिक लाभ लिने उदेश्यले योजनाबद्ध रूपमा विभिन्न धाक धम्की दिएको र अपहरण समेत गर्ने बताएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताए ।

कोटेश्वरबाट पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।गुप्ताविरुद्ध यसअघि प्रहरी वृत्त थानकोटबाट १५ मंसिर २०७९ मा लागूऔषधको कसुरमा मुद्दा चलेको थियो ।

त्यसैगरी प्रहरी वृत्त सिंहदरबारबाट चोरी तथा डाँका कसुरमा उनीविरुद्ध मुद्दा चलेको पाइएको प्रवक्ता आचार्यले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्