spot_img
होमपेजप्रदेश समाचारएसईईमा चिट चोराउने स्मार्ट तरिका संगै समातिए ‘साथी’ ग्रुपका २ निरीक्षक

एसईईमा चिट चोराउने स्मार्ट तरिका संगै समातिए ‘साथी’ ग्रुपका २ निरीक्षक

- Advertisement -spot_img

शुक्रबार, ०८ /चैत, काठमाडौं । यस वर्षको एसईई परीक्षामा पर्खाल नाघ्दै चिट चोराएको फोटो भिडियो त भाइरल भएको देखिएको थियो । तर शुक्रबार डिजिटल माध्यमबाट समेत चिट चोर्ने र चोराउने गरेको खुलासा भएको छ ।

ह्वाट्स एप ग्रुपमार्फत् चिट चोराउने दुई जना निरीक्षकलाई बारा प्रशासनले शुक्रबार बिहान पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पन्नादेवी कन्या मावि सेन्टरकी निरीक्षक रञ्जु कुमारी र रनिङ गार्डको रुपमा खटिएका सौरभ छन् । उनीहरुले गल्ती स्वीकार गरेको र हिरासतमा राखेर कारबाही प्रक्रिया अघि बढाइएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिए ।

एसईई परीक्षाको अनुगमनका लागि हिजो जस्तै आज बिहान पनि प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी परीक्षा सेन्टरहरुमा पुगेका थिए ।

कलैयाको पन्नादेवी कन्या मावि सेन्टरमा ह्वाट्सएपमार्फत् चिट चोर्नेरचोराउने गरेको सूचना पाएपछि निगरानी बढाइएको थियो । त्यही क्रममा निरीक्षक रञ्जु कुमारी र रनिङ गार्ड शौरभ रंगेहात पक्राउ परे ।

प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले भने, ‘उनीहरुले आफ्नो मोबाइलमा ‘साथी’ नामको ह्वाट्सएप ग्रुप बनाएका रहेछन् । निरीक्षकले प्रश्नपत्रको फोटो खिचेर त्यही ग्रुपमा राखिदिने र उत्तर प्राप्त भएपछि परीक्षार्थीलाई सार्न दिने गर्दारहेछन् ।’

शुक्रबार ह्वाट्सएपमा प्रश्नको उत्तर आएको तर परीक्षार्थीसम्म पुग्न नपाउँदै मोबाइलसहित उनीहरुलाई नियन्त्रणमा लिइएको अधिकारीले बताए ।

ह्वाट्सएप ग्रुपमा प्राप्त हुने उत्तर शिक्षक रञ्जु कुमारीले सोही सेन्टरबाट एसईई परीक्षा दिइरहेकी आफ्नी छोरीलाई सार्न दिने गरेको पाइएको छ ।

‘एसईई परीक्षामा डिजिटल माध्यमबाट चिट चोर्नेरचोराउने गरेको पाइयो,’ प्रजिअ अधिकारीले भने, ‘अन्य ठाउँमा पनि यस्तो हुनसक्ने भएकाले निगरानी बढाउनुपर्ने भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्