सोमबार, ०४ चैत / राप्ती सोनारी गाउँपालिका वडा न. ६ मा रहेको जनशिद्धेश्वर बहुमुखी क्याम्पसमा स्ववियुको निर्वाचन लिएर विवाद भएपछि निर्वाचन स्थगित गरिएको छ ।
यही चैत ५ गते हुने भनिएको स्ववियु निर्वाचन प्रक्रिया त्रुटिपूर्ण र मतदाता नामावलीमा भर्ना प्रक्रिया नपुर्याई फर्जी मतदाता संख्या थप गरेको लगायतका आरोप लगाउँदै नेपाल बिद्यार्थी संघ र अनेरास्ववियु)ले संयुक्त रुपमा ताला बन्दी गरेका थिए ।
सोमबार आन्दोनलरत संयुक्त विद्यार्थी संघ र अखिल क्रान्तिकारी विद्यार्थी संगठन विच भएको छलफलमा सहमती हुन नसकेपछि निर्वाचन स्थगित गरिएको हो । निर्वाचन समितिले सुचना टाँस गर्दै अनिश्चितकालिन गरिएको ताला बन्दीको समाधानका लागी दुवै पक्षलाई राखेर मौखिक तथा वार्ताको सम्वाद बाट सहमती जुट्न नसकेपछि निर्वाचन स्थगित गरेको निर्वाचन अधिकृत सोमनाथ थारुले जानकारी दिए ।
