spot_img
होमपेजप्रदेश समाचारचोरीको मोबाइल लिन दुई समूहबीच झडप, एक युवकले गुमाए ज्यान

चोरीको मोबाइल लिन दुई समूहबीच झडप, एक युवकले गुमाए ज्यान

- Advertisement -spot_img

२९ माघ, काठमाडौं । चोरीको मोबाइल लिन दुई समूहबीच झडप हुँदा काठमाडौं महानगरपालिका–७ स्थित चाबहिलको कुमारीगालमा एक युवकले ज्यान गुमाएको खुलेको छ ।

गत आइतबार बिहानै झिसमिसेमा दुई समूहबीचको झडप हुँदा २३ वर्षीय अमृत भनिने संघर्ष कार्कीको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी अपिलराज बोहोराका अनुसार एउटा सानो मोबाइलको विषयमा झगडा हुँदा २३ वर्षीय युवकको मृत्यु भएको अनुसन्धानबाट खुलेको छ ।

‘एउटा समूहले मोबाइल चोर्छ कुनै व्यक्तिको । मोबाइल चोरेको अर्को पक्षले देख्छ,’ घटनाबारे जानकारी गराउँदै एसपी बोहोराले भने, ‘त्यो मोबाइल समाउनका लागि अर्को पक्ष जाँदा भएको झगडामा ती व्यक्तिको ज्यान गएको छ ।’

झडपपछि तत्कालै पुगेको प्रहरीको टोलीले घाइते भएका कार्कीलाई काठमाडौं शिक्षण अस्पताल केएमसी लगिएको थियो ।

त्यहाँ चिकित्सकले कार्कीलाई मृत घोषणा गरेका थिए ।

‘यो घटनालाई हामीले समााजको बिम्बको रुपमा पनि लिएका छौं,’ एसपी बोहोराले भने ।

भडपमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा युनिक लामा भनिने न्युतु शेर्पा, १९ वर्षीय क्षितिज कार्की र विशाल तामाङ रहेको प्रहरीले जनाएको छ ।

शेर्पाविरुद्ध पाँच र तामाङविरुद्ध दुईपटक यसअघि पनि प्रहरी वृत्त गौशालाबाट अभद्र व्यवहारको मुद्दा चलाइएको एसपी बोहोराले जानकारी दिए ।

उनका अनुसार सोही घटनाका अर्का एक जना भने फरार छन् । फरार रहेका व्यक्तिको ट्र्याकिङ भइसकेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई ५ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्