spot_img
होमपेजUncategorizedजंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

- Advertisement -spot_img


आइतबार, २५ फागुन/चितवन । चितवन राष्ट्रिय निकुञ्जमा ‘गोविन्दे’ नाम गरेको जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका–७ मा ‘गोविन्दे’ हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको हो ।

खैरहनी नगरपालिका–९ स्थायी घर भई रत्ननगर नगरपालिका–७ बस्ने अन्दाजी ३४ वर्षीय सुरेश महतोको हात्तीको आक्रमणबाट मृत्यु भएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए ।

उनलाई हात्तीले शुक्रबार रातको समयमा आक्रमण गरेको र शनिबार शव भेटिएको सूचना अधिकारी थापामगरले बताए । ‘गोविन्दे’ हात्तीले गत १७ असोजमा हात्ती प्रजनन केन्द्र खोरसोरका कर्मचारी ३६ वर्षीय जद्दु सिंह थारुलाई पनि आक्रमण गरेर मारेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्