कृष्ण के.सी,फागुन २२ गते, राप्ती सोनारी,
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा न. ५ ललहि चोक देखि ३ सय मिटर भित्र धम्लहवा पशु पंक्षि पालन फर्म छ । कृष्ण बहादुर थारु र कृष्णी कुमारी थारु दम्पत्तीले ६ बर्ष देखि सन्चालन गरिरहेको यो र्फममा लोकल कुखुराले भरि भराउँ छ ।
यी दम्पत्तीले १ लाख रुपैयाँ ऋण खाएर उक्त फर्ममा लोकल कुखुरा पाल्न सुरु गरेको पनि ६ बर्ष भयो । फर्म सम्म पुग्ने जो कोही पनि लोकल कुखुरा पालन देखेर नतमस्तक हुन्छन् । अहिले उनीहरुको बार्षिक ६० लाख बराबरको कारोबार गर्छन, र ८ देखि १० लाख चोखो बचत गर्छन ।
फर्ममा अहिले पनि १२/१५ सय लोभ लाग्दो लोकल कुखुरा छन् । यी दम्पत्तीले थोेकमा लैजाने ग्रहाकलाई ६ सय रुपैयाँ प्रति के.जीमा दिन्छन् र फुटकरमा ६ सय ५० मा लोकल कुखुरा विक्री गरिरहेका छन् । लोकल कुखुरा त्यसैमा निकै सस्तोमा दिन थालेपछि यी दम्पत्तीलाई लोकल कुखुरा बेच्न हैन, पुर्याउन सकश धौ धौ छ ।
नेपालमा केहि छैन भनेर विदेश पलायन हुने युवाहरुको लागी यि दम्पत्तीले गरेको लोकल कुखुरा पालन बाट ठुलो पाठ सिकाएको छ । यी दम्पतीले नेपालगन्ज, बर्दिया र दाङ जिल्लामा कुखुरा ढुवानी गर्दै आइरहेका छन ।