spot_img
होमपेजराष्ट्रिय समाचारअवैधानिक रुपमा बसिरहेका नेपालीहरूलाई अमेरिकाले काठमाडौं ल्याएर छोडिदियो

अवैधानिक रुपमा बसिरहेका नेपालीहरूलाई अमेरिकाले काठमाडौं ल्याएर छोडिदियो

- Advertisement -spot_img


२१ / फागुन, काठमाडौं । अमेरिकामा अवैधानिक रुपमा बसिरहेका नेपालीहरूलाई अमेरिकाले बुधबार नेपाल फिर्ता पठाइदिएको छ ।

आधिकारिक कागजातविनै अमेरिकामा बसेका १० जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छोडिदिएको हो ।

ती नेपाली बोकेको चार्टर विमान बुधबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । यो विमान अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं आएको हो ।

अवैधानिक आप्रवासी निष्कासन गर्ने ट्रम्पको नीति अनुसार उनीहरूलाई नेपाल छोडिएको हो । यससहित ट्रम्पको आदेश अनुसार देश निकाला हुने नेपालीको संख्या ३७ पुगेको छ । यसअघि २७ नेपाली काठमाडौं फर्किएका थिए । तर अमेरिका सरकारले नेपालीलाई नेपालमै ल्याएर छोडिदिएको भने यो पहिलो घटना हो ।

नेपालीलाई छोड्न आएको विमानले नेपालबाट केही अमेरिकी नागरिक लिएर जानेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्