spot_img
होमपेजप्रदेश समाचारटिकाथलीमा बोरिङ गर्ने क्रममा आगोको ज्वाला निस्कियो

टिकाथलीमा बोरिङ गर्ने क्रममा आगोको ज्वाला निस्कियो

- Advertisement -spot_img

२० फागुन, काठमाडौं । ललितपुरको टिकाथलीमा पानीका लागि बोरिङ गर्ने क्रममा आगोको ज्वाला निस्किएको छ । बोरिङको पाइप गाडेको स्थानबाटै आगोको ज्वाला दन्किरहेको छ ।

स्थानीयले हिलो र पानी छ्यापेर आगो निभाउने प्रयास गरिरहेका छन् । तर आगो निभेको छैन । आगो ननिभेकाले बोरिङ गर्ने काम रोकिएको छ ।

ललितपुर प्रहरी परिसरका प्रवक्ता नरहरि रेग्मीले बोरिङ खन्ने क्रममा ग्यास निस्किएको र त्यसमा आगो लागेको जानकारी आएको बताए । तर त्यसको विस्तृत विवरण भने नआइसकेको उनले बताए । ‘त्यहाँ अलि सिनियर टोली नै पठाएर बुझ्ने काम भइरहेको छ,’ रेग्मीले भने ।

एक स्थानीयका अनुसार करिब ९ सय फिट खनिसकेपछि आगोको ज्वाला निस्किएको हो । यद्यपि यसको कारण वैज्ञानिक रुपमा पुष्टि हुन बाँकी छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्