spot_img
होमपेजमनोरञ्जनकरोडौ धन राषीको मेरो डान्स युनिभर्स र मेरो भ्वाईस युनिभर्स नेपालगन्ज अडिसन...

करोडौ धन राषीको मेरो डान्स युनिभर्स र मेरो भ्वाईस युनिभर्स नेपालगन्ज अडिसन अन्तिम चरणमा ।

- Advertisement -spot_img


नेपालगन्ज १८ फागुन ।
नेपालकै सर्बाधिक पुरुस्कार राषी भएको रियालिटि सो मेरो डान्स युनिभर्स र मेरो भ्वाईस युनिभर्स सिजन २को नेपालगन्जमा हुने अडिसनको तैयारी अन्तिम चरणमा पुगेको छ । फाल्गुण २० र २१ गते नेपालगन्जको सगरमाँथा ईङ्गिलस बोर्डिङ्ग स्कुल कारकाँदा १८ मा हुने अडिसनको तैयारी अन्तिम चरणमा पुगेको मेरो डान्स युनिभर्स र मेरो भ्वाईस युनिभर्स पश्चिम संयोजक तिलक गाउँलेले जानकारी गराएका छन । नेपालका बिभिन्न ४ स्थानमा मात्र हुने अडिसन मध्य लुम्बिनी प्रदेश, सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका प्रतिभावान कलाकारहरुलाई मध्यनजर गर्दै नेपालगन्जमा अडिशन राखीएको गाउँलेले जानकारी दिए । अडिसनका लागी युनिभर्सका क्रिउ मेम्मर र निर्णायकहरुको आगमन भैसकेको र अडिसन हुने स्थान सगरमाँथा ईङ्गिलीस बोर्डिङ्ग स्कुल कारकाँदोमा अडिसनका लागी आबस्यक निर्माणको काम शुरु भैरहेको सगरमाँथा ईङ्गिलीस बोर्डिङ्ग स्कुलका म्यानिजिङ्ग डाईरेक्टर कृष्ण बहादुर जिसीले जानकारी दिए ।

इन्ट्रा–नेशनल वेलफेयर अमेरिकाको आयोजनामा हुन गैरहेको अडिसनमा सुदुरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका १ हजार बढि कलाकारकारहरु अडिसनमा सहभागि हुने अडिसनका सह संयोजक दिपेन्द्र केसीले बताए । नेपालभित्र र संसारको जुनसुकै कुनामा बसेको भए पनि नेपाली कला, संस्कृतिप्रति आस्था र विश्वास भएका र यो क्षेत्रमा आफ्नो समुदायमा विश्वभरि नै परिचय बनाउन सक्छु भन्ने अभिलाषा राख्नु हुने सम्पूर्ण नेपालीभाषी समुदायका लागि यी दुई रियालिटी शो ले न्याय गर्ने केसीले बताए । सन् २०२३ मा यी दुबै रियालिटी शो को पहिलो सिजन भइसकेको छ । मेरो भ्वाइस युनिभर्स सिजन २ को लागि बरिष्ठ गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायक शिव परियार र पुष्पन प्रधान, गायिका अञ्जु पन्त निर्णायक ९जज० को भूमिकामा रहनेछन् ।
मेरो डान्स युनिभर्स सिजन २ को निर्णायकमा भने बरिष्ठ कलाकार मिथिला शर्मा, नायक दीलिप रायमाझी, चर्चित अभिनेतृ शिल्पा मास्के, चर्चित कोरियोग्राफरहरु शंकर विसी, कविराज गहतराज र किरण थापा हुनुहुन्छ । दोस्रो संस्करणका लागि युरोप महादेशमा बेलायत र पोर्चुगलमा, पूर्वी एशियाका लागि थाइल्याण्ड, हंगकंग र जापानमा, मध्यपूर्वका लागि दुबई र कतारमा अष्टेलियाका लागि सिड्नीमा, भारतको लागि सिलिगुरी र मुम्बईमा तथा नेपालका बिर्तामोड, नेपालगञ्ज, पोखरा र काठमाडौंमा अडिसनहरु आयोजना हुँदैछ । सहभागी हुन चाहने प्रतिष्पर्धीहरुले फाउण्डेसनको वेभसाइट www.intrafoundations.org बाट आवेदन दिन सक्ने छन् । अडिसनबाट भ्वाइसका लागि एकसय बीस र डान्सका लागि एकसय बीस गरी दुई सय चालीस प्रतिष्पर्धीहरु छनोट गरिने छ । दुवै शोका विजेताहरुलाई एक एक करोड नेपाली रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिने छ । दोस्रो हुनेलाई २५ लाख रुपैयाँ र तेस्रो हुनेलाई १० लाख पुरस्कार प्रदान गरिने छ । मेरो डान्स यूनिभर्स अन्तर्गत हरेक एपिसोडको शुरुमा प्रस्तुत गरिने समूह नृत्य ग्रुप डान्स० पनि प्रतियोगितात्मक हो । समूह नृत्यका विजेता टिमले २० लाख, उपविजेता टिमले १० लाख र तेस्रो हुनेले ५ लाख पुरस्कार पाउने छन् । ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को सिजन २ नेपाल टेलिभिजनबाट प्रत्येक शुक्रबार र शनिबार बेलुका ८ बजे प्रशारण हुनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्