राप्ती सोनारी /सुर्खेत बाट धर्म कर्मका लागी यात्रामा हिडेकाहरु दुर्घटनामा परेका छन् । आइतबार बेलुका रत्न राजमार्ग अन्तर्गत भेरीगंगा नगरपालिका ५, को बबई स्थित सानो खोलामा भे १ ख ४३३१ नम्बरको बस दुर्घटनामा परेको थियो ।
भारतको प्रयागराजमा जारी कुम्भ मेलामा तिर्थ गर्न हिडेका भक्तजनहरु चढेको बस सुर्खेतको बबईमा दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् ।
घाइते मध्ये चालक दिपक तामाङको अवस्था गम्भीर रहेको दशविगाह अस्पताल कोहलपुरले जनाएको छ । अन्य घाइतेहरु सबै खतरा मुक्त रहेका छन् । घाइतेहरु लक्ष्मी प्रसाद सापकोटा, सशिपुर्ण देवकोटा,निशान्त रावल र मनिराम शर्मालाई थप उपचार गर्न नेपालगन्ज लगिएको छ ।
बस अनियन्त्रित भई सडक पुल नजिकबाट ७/ ८ मिटर तल खसेको प्रहरीले जनाएको छ ।
हामीसँग जोडिनुहोस्
पढ्नै पर्ने