spot_img
होमपेजप्रदेश समाचारदम्पती हत्या प्रकरण: बारीमा भेटियो रगत लतपतिएको घन

दम्पती हत्या प्रकरण: बारीमा भेटियो रगत लतपतिएको घन

- Advertisement -spot_img

११ फागुन, काठमाडौं । प्युठानमा दम्पती हत्याको अनुसन्धान गरेको प्रहरीले बारीबाट घन फेला पारेको छ । घरभन्दा करिब ५० मिटर पर बारीमा रगत लतपतिएको घन फेला परेको हो ।

योसँगै हत्याराले घन प्रहार गरेर हत्या गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

जिल्ला प्रहरी कार्यालय डीएसपी दिपेश बस्यालका अनुसार मृत भेटिएका दम्पतीको टाउको क्षतविक्षप्त अवस्थामा हुनु र बारीमा घन भेटिनुले हत्याराले घन प्रयोग गरेको हुनसक्छ ।

शनिबार दिउँसो साढे १२ बजेतिरको समयमा माण्डवी गाउँपालिका–२ रातापानीमा ६० वर्षीय रामबहादुर परियार र उनकी श्रीमती ५६ वर्षीय हुकमा परियार मृत अवस्थामा फेला परेको भन्दै प्रहरीलाई खबर आएको आएको थियो ।

छिमेकीले टेलिफोनमार्फत जानकारी गराएपछि स्थानीय प्रहरी चौकी तिरामबाट प्रहरी खटिएको थियो । पछि जिल्लाबाट डीएसपी बस्यालको टिम अनुसन्धानका लागि खटिएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्