spot_img
होमपेजराष्ट्रिय समाचारवैदेशिक रोजगारीको नाममा करोडौं ठगी फरार रहेका त्रिलोक सिंह पोखराबाट पक्राउ

वैदेशिक रोजगारीको नाममा करोडौं ठगी फरार रहेका त्रिलोक सिंह पोखराबाट पक्राउ

- Advertisement -spot_img


बिहीबार, २९ साउन/ काठमाडौँ । वैदेशिक रोजगारीको नाममा ६६ जनाबाट ४ करोड १७ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरी फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एनएन मेरिटाइम ट्रेनिङ एण्ड एजेन्सी प्रालिका सञ्चालक त्रिलोक सिंहलाई कास्कीबाट पक्राउ गरेको हो।

डम्बर देउवा लगायतका पीडितहरूले दिएको जाहेरीका आधारमा सिंहविरुद्ध वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दा दायर भएको थियो। मुद्दा चलेपछि फरार रहेका सिंह कास्की जिल्लाको पोखरा महानगरपालिका–२७ स्थित डाँडाकोनामा लुकीछिपी बसेको विशेष सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले इलाका प्रहरी कार्यालय, शिशुवा, कास्कीसँगको समन्वयमा साउन २८ गते सिंहलाई पक्राउ गर्न सफल भएको हो।

पक्राउ परेका २९ वर्षीय सिंहको स्थायी ठेगाना बझाङ जिल्ला, बङ्गल नगरपालिका वडा नं‍ ६ भए पनि हाल उनी काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं १ मा बस्दै आएका थिए।

प्रहरीले उनलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौँमा बुझाएको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्