spot_img
होमपेजराष्ट्रिय समाचारविपिनको खोजीमा इजरायल जान विमानस्थल पुगे आमा र बहिनी

विपिनको खोजीमा इजरायल जान विमानस्थल पुगे आमा र बहिनी

- Advertisement -spot_img

सोमबार, २६ साउन/ काठमाडौं । प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गर्दा बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनी इजरायल जाँदैछन् ।

हमासले बन्धक बनाएका विपिनको खोजीका लागि आमा पदमा र बहिनी पुष्पा केही बेरमा फलाई दुबईबाट इजरायलका लागि उड्दैछन् । उनीहरु अहिले त्रिभुवन विमानस्थलमा छन् ।

लामो समयसम्म पनि विपिन रिहा नभएपछि संयुक्त राष्ट्रसंघमार्फत पहल गर्न लागिएकोछ । त्यसकै लागि उनीहरु इजरायल जान लागेका हुन् ।

इजरायलले नै विपिनको परिवारलाई संयुक्त राष्ट्र संघमा पुर्‍याएर दबाब बढाउने रणनीति लिएको हो । नेपालका लागि इजरायली राजदूत शमुलिक यारी बासले विपिनकी आमा र बहिनीलाई विमानस्थलमा बिदाइ गरेका गरेका छन् ।

उनका अनुसार उनीहरुले इजरायलका उच्च नेता, कर्मचारी र सेनाका अधिकारसँग भेटवार्ता गर्नेछन् ।

पदमा र पुष्षा इजरायलस्थित नेपाली दूतावासको सम्पर्कमा जानेछन् । खोजीका लागि बाँकी काम त्यहीँबाट सुरु हुनेछ । उनीहरुको टिकटको व्यवस्था पनि दूतावासले नै गरिदिएको छ ।

कृषिका विद्यार्थी विपिन जोशी ‘सिक्दै कमाउँदै’ कार्यक्रमका लागि इजरायल गएका थिए । हमालसले इजरायलमा आक्रमण गरेपछि उनी २०८० असोज २० गतेदेखि सम्पर्कमा छैनन् । उनलाई हमासले बन्धक बनाएको भनिएको छ । उनीसँगै रहेका साथीहरुले पनि हमासले लिएर गएको बयान दिएका थिए । सोही घटनामा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्