spot_img
होमपेजप्रदेश समाचारकोठाभाडाको १४०० रुपैयाँ नदिएको भन्दै घरबेटीबाट डेरावालको हत्या

कोठाभाडाको १४०० रुपैयाँ नदिएको भन्दै घरबेटीबाट डेरावालको हत्या

- Advertisement -spot_img

२५ माघ, काठमाडौं । १४०० कोठाभाडा नदिएको भन्दै पाल्पामा एक डेरावालको हत्या भएको छ ।

हत्या हुनेमा ५२ वर्षीय रुद्रबहादुर बुढाथोकी छन् । बुढाथोकीलाई उनका घरबेटी ३१ वर्षीय माधव बिष्टले हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी सुनिल मल्लले बताए ।

मल्लका अनुसार मासिक ५०० रुपैयाँ कोठाभाडामा बुढाथोकी विष्टको घरमा बस्दै आएका थिए । तानसेन नगरपालिका–११ स्थित विष्टको घरमा बसेका बुढाथोकीको बुधबार हत्या भएको थियो ।

‘१४०० कोठाभाडा नदिएको विषयमा विवाद भएपछि हँसियाले हानेर हत्या गरेको देखिन्छ । पक्राउ परेका घरबेटी बिष्टले मादक पदार्थ समेत सेवन गरेका रहेछन्’ डीएसपी मल्लले बताए ।

कर्तव्य ज्यानको कसुरमा जिल्ला अदालत पाल्पाबाट म्याद लिएर उनीमाथि अनुसन्धान अघि बढाइएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्