spot_img
होमपेजप्रदेश समाचारबागमती प्रदेशका ६४ स्थानमा १२० क्यामेरा जडान

बागमती प्रदेशका ६४ स्थानमा १२० क्यामेरा जडान

- Advertisement -spot_img


मङ्गलबार, ३१ असार/ हेटौडा । बागमती प्रदेशका ६४ स्थानमा १२० वटा सीसीटीभी क्यामेरा जडान गरिएको छ । बागमती प्रदेशका १० जिल्लाका ६४ स्थानमा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा सीसीटीभी क्यामेरा जडान गरिएको हो ।

सार्वजनिक सुरक्षालाई सुदृढ बनाउँदै अपराध रोकथाममा प्रविधिको प्रभावकारी प्रयोग गर्ने उद्देश्यसहित प्रविधियुक्त ‘सीसीटीभी निगरानी प्रणाली’को मंगलबारबाट औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो ।

हेटौँडामा आयोजित विशेष समारोहमार्फत बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले उक्त प्रणालीको उद्घाटन गरेका हुन् ।

उक्त क्यामेराहरू ३८ वटा प्रहरी युनिटमार्फत नियमित निगरानी गरिने व्यवस्था मिलाइएको प्रदेश प्रहरी कार्यालय बागमती प्रदेश हेटौँडाले जनाएको छ । नारायणगढ (चितवन), भिमान(सिन्धुली)र रातमाटे (मकवानपुर) जस्ता संवेदनशील स्थानहरूमा अत्याधुनिक बिएलएच क्यामेरा र रडार प्रणाली जडान गरिएको प्रदेश प्रहरी कार्यालय बागमती प्रदेशका वरिष्ठ प्रहरी उपरीक्षक सञ्जय सिंह थापाले जानकारी दिए । ट्राफिक व्यवस्थापन तथा अपराध नियन्त्रणमा ठोस योगदान दिने उनले विश्वास व्यक्त गरे ।

प्रणालीमार्फत कम्तीमा ९० दिनको डेटा भण्डारण गर्न मिल्ने व्यवस्था रहेको छ भने विद्युत् अवरोधको अवस्थामा पनि प्रणाली बन्द हुन नदिन युपिएस प्रणाली समेत जडान गरिएको उनको भनाइ छ ।

सार्वजनिक खरिद प्रक्रिया अनुसार बोलपत्र आह्वान गरेर ठेक्का प्राप्त उक्त प्रणाली खरिद गरिएको उनले बताए । २०८२ जेठ १० गते सम्झौता गरिएको उक्त ठेक्का असार मसान्तभित्र सक्ने गरी २ करोड ८४ लाख ११ हजार रुपैयाँ लागत रहेको उनले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्