spot_img
होमपेजप्रदेश समाचारनागढुंगा नौबिसे सडकखण्ड थप ५ दिन बन्द हुने, विकल्पमा यी रुट प्रयोग...

नागढुंगा नौबिसे सडकखण्ड थप ५ दिन बन्द हुने, विकल्पमा यी रुट प्रयोग हुने

- Advertisement -spot_img

आइतबार, २५ जेठ /काठमाडौँ । त्रिभुवन राजपथअन्तर्गत नागढुंगा नौबिसे खण्ड थप ५ दिन बन्द हुने भएको छ । निर्माण कार्य गरिरहेको हुँदा थप ५ दिन आवश्यक परेकाले जेठ २६ गतेदेखि जेठ ३० गतेसम्म बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुने आयोजनाले जनाएको छ ।

नागढुंगा मुग्लिङ सडक योजना पूर्वी खण्डले सूचना जारी गर्दै सो अवधिभर काठमाडौँबाट नौबिसेतर्फ जाने सवारीसाधन नागढुंगा चेकपोष्टमा रोकिने र नौबिसेबाट काठमाडौँतर्फ जाने सवारी खानीखोला बजारमा रोकिने जनाइएको छ । रोकिएका सबै सवारी साधनहरुलाई ३ बजेपछिमात्रै छोडिने जनाएको छ । तर रोकिएको समयमा सवारीसाधन चलाउँदा आफ्नो लेनअनुसाशन पालना गर्न र लामबद्ध भएको अवस्थामा जथाभाबी ओभरटेक नगर्नसमेत अनुरोध गरेको छ ।

यसैगरी दमकल एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधन निर्बाध रूपमा सञ्चालन हुने जनाएको छ । साथै साना तथा मझौला सवारी साधनको लागि सीता पाइला–रामकोट–धार्के सडक र सामाखुसी–टोखा–छहरे–त्रिशूली (विदुर) –गल्छी सडक प्रयोग गर्न सुझाव दिइएको छ ।

यसअघि जेठ १० गतेदेखि २५ गतेसम्म सो अवधिमा सवारीसाधन रोकेर निर्माण कार्य भइरहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्