शुक्रबार, २३ जेठ/ काठमाडौं ।
नेपाल संगीतकार संघको नवनिर्बाचित कार्यसमिति सदस्यहरुलाई बिहिबार संगित उधोग संघ,संगित तथा चलचित्र उत्पादक संघ,प्रस्तोता समाजले निर्णय श्रेष्ठको सभापतित्व र संगितकार संघका नव निर्बाचित अध्यक्ष अष्ट लामाको प्रमुख आतिथ्यमा एक कार्यक्रमका बिच सम्मान गरेको छ भने संगित रोयल्टी संकलन समाजले पनि आफ्नै कार्यलयमा कार्यक्रमक राख्दै स्वागत तथा सम्मान गरेको छ ।
नेपाल संगीतकार संघको नेपाली गीत संगितको क्षेत्रमा बिषेश भुमिका रहेको उल्लेख गर्दै स्वागत तथा सम्मान गरेको बिभिन्न संघहरुको भनाई छ ।
नेपाली गीत संगितको क्षेत्रमा सबैले आफ्नो जिबिको पार्जन गर्न पाउनु पर्ने र गीत संगितको बिकाशमा सबैको प्रमुख भुमिका भएका कारण संगित सम्बन्धी कार्य गर्ने सबै संघ तथा संस्थाहरु एकजुट नभएसम्म गीतसंगीतको क्षेत्रमा भएको छताछुल्लता कायमै रहने संगित उधोग संघका अध्यक्ष सुर्य कुमार मगरले बताए । साथै अबको नयाँ निर्वाचित कार्यसमितिले गीत तथा संगितको क्षेत्रमा बिशेष कार्य गर्ने र सबैलाई यस क्षेत्रमा आफ्नो भबिष्य सुनिश्चित गर्ने कुरामा नेपाल संगितकार संघ लागि पर्ने नव निर्वाचित अध्यक्ष अष्ट लामाले बताए ।
कार्यक्रममा सङ्गीतकार संघ नेपालको निर्वाचित कार्य समिति सदस्यहरु अध्यक्ष अष्ट लामा,वरिष्ठ,उपाध्यक्ष राजेश थापा,प्रथम उपाध्यक्ष शंकर स्माइल थापा, द्वितिय उपाध्यक्ष राजेन्द्र बजगाई,महासचिव दिनेश बान्तवा,सचीव दिपक शर्मा,कोषाध्यक्ष योगेन्द्र उपाध्याय,सदस्यहरु तारावीर पाण्डे, अर्जुन कौसल, बबिना भट्टराई, हरी सायमी, कमली कान्त भेटुवाल लगायत सुर्य कुमार मगर,निर्णय श्रेष्ठ,रुकमान लिम्बु,कृष्ण रेउले तथा संगित उधोग संघ,संगित तथा चलचित्र उत्पादक संघ र प्रस्तोता समाजका सम्पुर्ण पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
