spot_img
होमपेजराष्ट्रिय समाचारतारागाउँको अनियमिततामा मुछिएका सर्राफ परिवारलाई पतञ्जलिमा भ्रष्टाचार मुद्दा

तारागाउँको अनियमिततामा मुछिएका सर्राफ परिवारलाई पतञ्जलिमा भ्रष्टाचार मुद्दा

- Advertisement -spot_img


शुक्रबार,२३ जेठ/काठमाडौं । पतञ्जलि जग्गा प्रकरणमा ९३ जनामाथि मुद्दा चलाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बौद्धस्थित तारागाउँ रिजेन्सी होटल (ह्यात होटल)का संस्थापक राधेश्याम सर्राफ समेत भ्रष्टाचारमा संलग्न रहेको निष्कर्ष निकालेको छ ।

अख्तियारले राधेश्याम दिवंगत भइसकेकाले उनका छोरा अरुण कुमार सर्राफविरुद्ध मुद्दा दायर गरेको हो । उनका छोरा अरुणमाथि कैद र जरिवानाको मागदावी छैन । तर बाबुले भ्रष्टाचार गरेको भनी त्यसको विगो(नोक्सान भएको रकम) छोराबाट भराउनुपर्ने माग छ ।

अपराधीसँगै अपराध मर्दछ भन्ने फौजदारी न्यायप्रणालीको सिद्धान्त हो । त्यसै अनुसार सामान्यतया दिवंगत भएको मानिसमाथि मुद्दा चल्दैन । तर दिवंगत भएको व्यक्तिले सार्वजनिक सम्पत्ति नोक्सान गरेको र त्यसको लाभ उसका उत्तराधीकारीहरुले लिएको देखेमा अख्तियारले मुद्दा चलाउने गरेको छ ।

यो विवादमा जोडिएको कम्पनी ‘चौतारामा प्रा।ली।’ हो, जसले राधेश्याम सर्राफसँगको मिलेमतो र योजनामा कम्पनीको नाममा हदबन्दीभन्दा बढी जगा राखेको अख्तियारको आरोप छ ।

काभ्रेको श्रीखण्डपुरमा ८३ रोपनी जग्गा दर्ता गरी चौतारामा प्रा।ली।ले भोगचलन गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

हदबन्दीभन्दा बढीको जग्गा कम्पनीको नाममा पारित गराई गलत कागजात तयार पारेको भन्दै अख्तियारले त्यसमा कम्पनीका संस्थापक सदस्यहरु विश्वरत्न शाक्य र शेखर कुमार राणा अनि मिलेर गैरकानूनी लिखत तयार गर्ने काममा राधेश्याम सर्राफ पनि संलग्न रहेको आरोप लगाएको हो ।

सरकारीकरण हुनुपर्ने जग्गा सर्राफले कम्पनीमा हस्तान्तरण गरेको, निजी प्रयोजनमा ल्याएको राधेश्यामलाई पनि घटनामा संलग्न रहेको आरोप लाएको हो ।

५१ लाख रुपैयाँ भ्रष्टाचार गरेको निष्कर्ष सहित अख्तियारले उनलाई कसुरदार ठहर्‍याउनुपर्ने निष्कर्ष निकालेको हो । तर ८ चैत, २०७८ मा उनको मृत्यु भएको खुलेको भन्दै अख्तियारले उनका छोरा अरुण कुमार सर्राफलाई विगो भराउने प्रयोजनका लागि मुद्दामा प्रतिवादी बनाएको हो ।

तारागाउँ विकास समिति अन्तर्गतको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडका सञ्चालक राधेश्याम तारागाउँको जगा लिज प्रकरणको विवादमा पनि मुछिएका छन् । उनको निधनपछि उनका छोराले होटल व्यवस्थापनको काम हेर्दै आएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्