spot_img
होमपेजराष्ट्रिय समाचारदरबार हत्याकाण्डमा मारिएकाहरूको सम्झनामा जनआन्दोलन समितिले दीप प्रज्वलन गर्ने

दरबार हत्याकाण्डमा मारिएकाहरूको सम्झनामा जनआन्दोलन समितिले दीप प्रज्वलन गर्ने

- Advertisement -spot_img

सोमबार, १९ जेठ /काठमाडौँ । राजतन्त्रको पक्षमा आन्दोलनरत संयुक्त जनआन्दोलन समितिले २४ वर्षअघि भएको दरबार हत्याकाण्डमा मारिएकाहरूको स्मरणमा दीप प्रज्वलन गर्ने भएको छ ।

सोमबार समितिका संयोजक नवराज सुवेदीले एक विज्ञप्ति जारी गर्दै साँझ ६ बजे राजधानीको कमलादी गणेशस्थानमा दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गर्न लागिएको जानकारी दिएका हुन् ।

विज्ञप्तिमा शोकका दिन कुनै पनि जुलुस र धर्ना जस्ता कार्यक्रमहरू नराखिएको समेत जनाइएको छ । संयोजक सुवेदीले दीप प्रज्वलन कार्यक्रममा सहभागी हुन आन्दोलनकारी तथा सर्वसाधारण जनसमुदायलाई हार्दिक अनुरोध समेत गरेका छन् ।

२०५८ साल जेठ १९ गते नारायणहिटी दरबारमा तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहसहित १० जनाको हत्या भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्