spot_img
होमपेजमनोरञ्जनलोकदोहोरी गीत ''सत्यरामराम'' सार्बजनिक

लोकदोहोरी गीत ”सत्यरामराम” सार्बजनिक

- Advertisement -spot_img


शुक्रबार,९ जेठ/ काठमाडौं ।

लोकदोहोरी गीत “सत्यरामराम” शुक्रबार गायक तथा सर्जक दिपेन्द्र आलेको अफिसियल युटुब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।उमेरले ६० पुग्नै लागेका महानायक राजेश हमाल अहिले पनि कलाकारितामा उत्तिकै सक्रिए छन् । यो उमेरमा पनि उनको निरन्तर म्युजिक भिडियो र फिल्महरु बजारमा आइरहेका छन् । शुक्रबार महानायक हमालको नरसिंहा फिल्म र एउटा लोक दोहोरी सार्वजनिक भएको छ ।

नेपाली लोक दोहोरीको क्षेत्रमा नयाँ पन सहितको ”सत्य रामराम” बोलको गीतमा राजेश हमाललाई चर्चित नायिका प्रियंका कार्कीले साथ दिएकि छिन् ।दिपेन्द्र आलेको शब्द , अर्जुन कौशलको संगीत तथा एरेन्ज, रेन्बो रेर्कडिङ स्टुडियोमा मिक्सिङ मास्टरिङ इशा कौशल,मनोज कार्कीको सम्पादन र क्यामेरामा नवराज उप्रेती रहेका छन ।
गीतमा दिपेन्द्र आले र शान्ती श्री परियारले आवाज दिएका छन भने सहायक भोकलमा अनिल श्रेष्ठ र किरण आले मगरले साथ दिएका छन् ।
गीतको भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका छन,जसमा महानायक राजेश हमाल र नायिका प्रियंका कार्कीको अभिनयले थप रौनक ल्याएको छ ।

सार्वजनिक लोक दोहोरी गितले दर्शकको निकै माया पाउँने निर्माण पक्षले आशा गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्