spot_img
होमपेजप्रदेश समाचारजेठ २५ गतेसम्म नागढुंगा–नौबिसे सडक दिउँसोमा बन्द हुने , विकल्पमा अन्य सडक...

जेठ २५ गतेसम्म नागढुंगा–नौबिसे सडक दिउँसोमा बन्द हुने , विकल्पमा अन्य सडक प्रयोग गर्न सकिने

- Advertisement -spot_img


बुधबार, ०७ जेठ/ काठमाडौँ । नागढुंगा–नौबिसे सडकखण्डमा निर्माण कार्य हुने भएकाले दिनमा साढे ४ घण्टा बन्द हुने भएको छ ।

जेठ १० गतेदेखि २५ गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडकखण्ड बन्द गरेर सडक सुधार कार्य गर्न लागिएको नागढुंगा मुग्लिङ सडक योजना पूर्वीखण्डले बुधवार सूचनामार्फत जानकारी दिएको छ ।

नागढुंगा–पिपलामोड सडक निर्माणका लागि यसरी सडक बन्द गर्नुपर्ने भएको योजनाको भनाइ छ । साथै काठमाडौँबाट जाने सवारीसाधन नागढुंगामा र नौबिसेतर्फबाट आउने सवारीसाधन खानीखोलामा रोकिने उल्लेख गरेको छ ।

यसैगरी बन्दको समयमा धार्के–सीतापाइला तथा टोखा–छहरे त्रिशूली गल्छी सडक प्रयोग गर्न अनुरोध गरेको छ । यसअघि यो खण्डमा रातिमा बन्द गरेर काम हुँदै आएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्