मङ्गलबार, ३० वैशाख/ सप्तरी । सप्तरीको रुपनी गाउँपालिका स्थित औद्योगिक क्षेत्रमा आयोजना गरिएको महायज्ञको मुख्य मण्डपमा आगलागी भएको छ । २१ वैशाखदेखि सुरु नौ दिवसीय महायज्ञको अन्तिम दिन सोमबार साँझ मुख्य मण्डपमा आगलागी भएको हो
आगलागीबाट मण्डप सहित त्यहाँ राखिएका लत्ताकपडा र पूजाका सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मण्डपमाथि टाँगिएको बिजुलीको तार सर्ट भएर आगलागी भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आगोलाई राजविराज नगरपालिकाको बारुणयन्त्रको मद्दतमा निभाइएको थियो ।