आइतबार, २८ वैशाख काठमाडौँ । ‘डियर सवि जीवन यस्तो होस् तिमीलाई सम्झिने मात्र काम होस् माया यस्तो होस् भित्ता–भित्तामा तिम्रो नाम होस् ।’
गत असारमा सडक डिभिजन काठमाडौँले सडक विभागअन्तर्गतका सडक छेउमा रहेका बिजुलीका पोलमा सवि(सडक विभाग) लेखेपछि काठमाडौँका मेयर बालेन्द्र शाह ‘बालेन’ले यो स्ट्याटस लेखेका थिए ।
त्यसअघि बालेन र विभागबिच न्यूरोडमा सडक मर्मतको सन्दर्भमा ठुलो विवाद भएको थियो । गत जेठमा काठमाडौँ महानगरले विभाग मातहतको न्यूरोडमा फुटपाथ फराकिलो बनाई सडक खुम्च्याउने प्रयास गरेको थियो । जेठ १२ गते इन्द्रचोकदेखि जुद्धशालिकसम्मको फुटपाथ विस्तार थालेको थियो ।
अनुमति बिना फुटपाथ बढाउन खोजेको भन्दै डिभिजन काठमाडौँले हस्तक्षेप गर्यो । साथै भत्काएको सडक जस्ताको तस्तै बनाउन महानगरलाई पत्र पठाएको थियो । महानगरले पत्रको बेवास्ता गरेपछि डिभिजनले जेठ २१ गते कालोपत्रे गरिदियो । जसको प्रतिवादमा महानगरका मेयर शाहले विभाग परिसरमा सडकको माटो थुपारिदिएका थिए ।
त्यसैबेला उनले फेसबुकमा स्ट्याटस पोस्ट्याए । ‘माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ ज्यू, तपाईँको ठाडो आदेशले भइरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यही आदेशले बनाउन पनि सक्नुहुन्छ होला । १५ वर्षदेखि काठमाडौँका जनताले कलङ्कीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नुपरेको छ । काठमाडौँमा हुने आधाभन्दा बढी प्रदूषणमा त्यहाँकै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलो धुवाँ खानुपरेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारीसाधन मर्मतमा खर्च बढी गर्नु परेको छ, पुग्न अबेला भोग्नु परेको छ ।’
चक्रपथ दोस्रो खण्ड १५ वर्षअघि भत्काएर विस्तार कार्य नगर्दा धुलो र हिलोका काठमाडौँ बासीले सास्ती पाएको उनको भनाइ थियो ।
गत वर्ष महानगरसँग भएको विवादपछि राजमार्गबाहेकका सडक स्थानीय तहलाई हस्तान्तरण गर्नका लागि आन्तरिक छलफल भइरहेको विभागका उपमहानिर्देशक तथा प्रवक्ता अर्जुनप्रसाद अर्यालले बताए ।
यहि विवादपछि विभाग मातहतका सडक छेउका पोलमा स.वि.लेखिएको थियो । विभाग अन्तर्गत काठमाडौँ जिल्लाभरि ४७२ किलोमिटर सडक पर्छ । काठमाडौँ महानगरभित्रमात्रै सडक विभाग अन्तर्गत १८० किमी सडक छ । महानगरसँगको विवादपछि विभाग मातहत रहेका सबै सडकका बिजुलीको पोलमा विभागले स।वि। लेख्यो । यस्तो लेखेपछि विभाग चौतर्फी आलोचना भएको थियो । आफ्नो सडक पहिचानका लागि पोलमा स.वि.लेखेको विभागको दाबी थियो ।
यसैको प्रभावमा अहिले सडक विभागले काठमाडौँका अधिकांश सडकबाट हात झिक्ने तयारी थालेको छ । अबदेखि राष्ट्रिय राजमार्ग बाहेकका सबै सडक स्थानीय तहलाई हस्तान्तरण गर्न गृहकार्य थालिएको विभागले जनाएको छ ।
गत वर्ष महानगरसँग भएको विवादपछि राजमार्गबाहेकका सडक स्थानीय तहलाई हस्तान्तरण गर्नका लागि आन्तरिक छलफल भइरहेको विभागका उपमहानिर्देशक तथा प्रवक्ता अर्जुनप्रसाद अर्यालले बताए ।
‘गत असारमा न्यूरोडमा विवाद भएको घटनापछि अब राजमार्ग बाहेकका सडक स्थानीय सरकारलाई नै दिने भन्ने छलफल भइरहेको छ । निर्णय भइसकेको कुरा होइन,’ उनले भने, ‘महानगरले गर्ने हो भने किन नदिने भन्ने हाम्रो विषय हो । महानगर सक्षम छ र गर्न सक्छ भने दिनुपर्छ भन्ने हो । फेरि सबै स्थानीय तहले पनि गर्न सक्नेजस्तो देखिँदैन । गर्न सक्ने स्थानीय तहलाई दिनेबारे निर्णय हुन्छ ।’
विभागका सुपरिटेन्डेन ईन्जिनियर शुभराज न्यौपानेका अनुसार विभागको मुख्य काम भनेको राष्ट्रिय राजमार्ग हेर्नु हो । देशभर ८० वटा राजमार्ग १४ हजार ९१३ किलोमिटर सडक विभागले हेर्नुपर्छ । यो बाहेक अन्य सडक स्थानीय सरकारले हस्तान्तरण गर्ने तयारी विभागको छ ।
र्णयका लागि फाइल पेस गर्ने तयारी विभागले गरिरहेको उनको भनाइ थियो । आगामी वर्षबाटै काठमाडौँ र ललितपुर महानगरभित्रका राष्ट्रिय राजमार्गबाहेक सडक स्थानीय तहलाई हस्तान्तरणको तयारी भइरहेको विभागका सुपरिटेन्डेन ईन्जिनियर शुभराज न्यौपानेले जानकारी दिए ।
उनकाअनुसार विभागको मुख्य काम भनेको राष्ट्रिय राजमार्ग हेर्नु हो । देशभर ८० वटा राजमार्ग १४ हजार ९१३ किलोमिटर सडक विभागले हेर्नुपर्छ । यो बाहेक अन्य सडक स्थानीय सरकारले हस्तान्तरण गर्ने तयारी विभागको छ ।
आगामी आर्थिक वर्ष २०८२र८३ देखि चक्रपथभित्रको १४७ किलोमिटर सडक काठमाडौँ र ललितपुर महानगरपालिकालाई हस्तान्तरण गर्न विभागले पहल गरिरहेको उनको भनाइ छ ।
‘पहिलादेखि अहिलेसम्म विभागले हेरिरहेको छ । काठमाडौँ र ललितपुर महानगरपालिका भित्र बजेटको समस्या छैन । यी ठाउँका सडक अब स्थानीय सरकारलाई हस्तान्तरण गरिनुपर्छ भनेर फाइल उठाइसकेका छौँ,’ न्यौपानेले भने,‘डिभिजनको तर्फबाट आइसक्यो र हाम्रो लेभलबाट विभाग गइसक्यो ।’
उनकाअनुसार विभागले मन्त्रालयमा फाइल पठाएपछि स्थानीय तहलाई हस्तान्तरण गर्नेबारे निर्णय हुन्छ । त्यसपछि यी सडकमा विभागले नै हेर्ने कि स्थानीय तहलाई दिने टुङ्गो लाग्ने उनले बताए ।
‘स्थानीय तहलाई दिने निर्णय भएपछि चक्रपथभित्रको १४७ किलोमिटर अर्थात् करिब डेढ सय किलोमिटर सडक आगामी वर्ष नै काठमाडौँ र ललितपुर महानगरलाई हस्तान्तरण गर्छौँ,’उनले भने,‘यसपछि विभागले थानकोट– माइतीघर, माइतीघर–कोटेश्वरमा राष्ट्रिय राजमार्ग हेर्छ । काठमाडौँ उपत्यकाभित्र धेरै सडक विभागले हेरिरहेको छ अहिले त सवि लेखेको हुनाले थाहा हुन्छ । निर्णयपछि यो विभाग मातहत रहँदैन ।’
स्थानीय सडक सङ्घीय सरकारले हेर्न हुँदैन भन्ने अवधारणासहित पूर्वाधारको विकास गर्न सक्ने क्षमता भएको र बजेट पर्याप्त र राजस्वको स्रोत राम्रो भएका स्थानीय सरकारलाई हस्तान्तरण गर्ने तयारी थालेको उनको भनाइ छ ।
विभागकारअनुसार राष्ट्रिय राजमार्ग र करिडोर बाहेकका चक्रपथभित्रका सडक स्थानीय तहलाई हस्तान्तरण गर्ने तयारी थालेको छ । कमलादी, ज्ञानेश्वर, मैतीदेवी, अनामनगर–बीआईसीसी, डिल्लीबजार–अनामनगर, प्रर्दशनीमार्ग, न्यूरोड गेट–जुद्धशालिक–इन्द्रचोक, त्रिपुरेश्वर– आरएनएसी, हात्तीसार– नागपोखरी, सिनामंगल–तीनकुने, भद्रकाली मन्दिर–गोपीकृष्ण, सिनामंगल–तीनकुने, रुद्रमती पुल– बिजुलीबजार, बिशालनगर–बालुवाटारलगायत ५९ वटा सडक हस्तान्तरणका लागि काठमाडौँ महानगरसँग प्रस्ताव गरेको छ ।
यस्तै ललितपुर महानगरलाई थापाथाली पुल–जाउलाखेल, जाउलाखेल–एकान्तकुना रिङरोडसम्म, जावलखोलचोक–कुमारमाटी हुँदै ग्वार्कोसम्म, बालकुमारी–बल्खु, ग्वार्को–लुभु, ग्वार्को–लाकुरी भञ्ज्याङ, ग्वार्को–लामाटार, सातदोबाटो–गोदावरी–फुल्चोकी, एकान्तकुना–छम्पी–टिकाभैराव, एकान्तकुना–चापागाउँ– टिकाभैरवलगायत २३ सडकहरू हस्तान्तरण गर्ने प्रस्ताव अघि बढाएको छ ।