
बुधबार २४ बैशाख/ बाँके । बाँकेको राप्ती सोनारी १ सौरिमा निकै दु:खद घटना घटेको छ । बुधबार दिउँसो पुर्व पश्चिम महेन्द्र राजमार्गको सौरी मोडमा बसको ठक्कर बाट मोटरसाइकलमा सवार राप्ती सोनारी ९ उडैन घर भएका ३३ बर्षिय सुदिप सुवेदीको घटना स्थलमै ज्यान गएको छ । सोही ठाउँ निवासी ३६ बर्षिय हिरा सिंह वलि गम्भीर घाइते भएका छन । मृतक सुवेदी घरको एक्लो छोरा हुन, केही दिन अघि मात्रै उनको छोरी जन्मिएको थियो ।
घाइते वलिको कोहलपुरमा उपचार भईरहेको र घटना बारे अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय कुसुमले जनाएको छ ।