spot_img
होमपेजराष्ट्रिय समाचारकुशासनको ज्युँदो नमुना सिंहदरबार गेटमा देखिन्छ : ज्वाला

कुशासनको ज्युँदो नमुना सिंहदरबार गेटमा देखिन्छ : ज्वाला

- Advertisement -spot_img

बुधबार, २४ वैशाख/ काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले कुशासनको ज्युँदो नमुना सिंहदरबार गेटमा देखिने गरेको बताएका छन् ।

‘अहिलेको ठूलो समस्या कुशासन हो । कुशासनको ज्युँदो नमुना सिंहदरबार गेटमा देखिन्छ’, बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने ।

मन्त्री, सांसद, कर्मचारी प्रवेश गर्ने सिंहदरबारको दक्षिण गेटमा जनताको भीड र लाइन रहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गरे ।

मन्त्रालय जति सिंहदरबारभित्र राख्ने अनि सिंहदरबारलाई चारै तिरबाट घेरेर जेल जस्तो बनाउने काम भएको उनको टिप्पणी छ । जनतालाई सिंहदरबार प्रवेमा निषेध गर्ने कार्य स्वीकार्य नरहेको उनले बताए ।
‘मन्त्रीहरू कालो सिसावाला गाडीमा भित्र पस्ने, जनता घाममा पसिना चुहाउँदै पासको लागि कसैको निगाहा पर्खिंदै गेट बाहिर तड्पिनुपर्ने ? उनको प्रश्न छ ।

सिंहदरबारको गेट खुला गरेर जनताको प्रवेशलाई अनि सहज गराउन उनको माग रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्