spot_img
होमपेजराष्ट्रिय समाचारराजसंस्था मरिसकेको बाघ हो, त्यसको सिनो बोकेर हिड्नेको काँध पनि गन्हाउँछ: धनराज...

राजसंस्था मरिसकेको बाघ हो, त्यसको सिनो बोकेर हिड्नेको काँध पनि गन्हाउँछ: धनराज गुरूङ

- Advertisement -spot_img

मङ्गलबार, २३ वैशाख/ काठमाडौं । नेपाली कांग्रेसका सांसद धनराज गुरूङले राजसंस्थालाई मरिसकेको बाघको संज्ञा दिएका छन् ।

मंगलबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

२०६२ र ६३ सालको जनआन्दोलनका क्रममा नेपाली जनताले लखेट्दै लखेट्दै लैजाँदा भीरबाट लडेर मरेको बाघलाई दुई चार जनाले फेरि काँधमा बोकेर यो जिउँदै छ, जिउँदै छ भनेर आउँदैमा हामी पनि त्यही लहलहैमा लागेर साँच्चै जिउँदै हो कि भनेर त्यो मरिसकेको बाघलाई लात्ताले हान्ने हामी पनि उस्तै हौं कि ? सांसद गुरुङले भने ।

राजसंस्थालाई मरिसकेको बाघको संज्ञा दिएका उनले त्यसको सिनो बोक्नेको काँध पनि गन्हाउने भन्दै छेडखानी गरे ।

मरिसकेको बाघको सिनो बाकेर आउने मान्छेको काँध त गन्हाउँछ नै । हामीले पनि लात्ताले सिनोलाई हान्दा हाम्रो खुट्टा पनि त गन्हाउँछ होला नि सभामुख महोदय,’ उनले भने ।

यसतर्फ ख्याल गरेर आफ्नो खुट्टा सफा राख्न भएपनि कर्ममा ख्याल गर्नुपर्ने बताए । व्यवहारबाट जनताको मन जित्ने गरी काम गर्नुपर्नेमा उनले जोड दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्