spot_img
होमपेजराष्ट्रिय समाचाररेशम चौधरी पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न नागरिक उन्मुक्तिको माग

रेशम चौधरी पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न नागरिक उन्मुक्तिको माग

- Advertisement -spot_img


मङ्गलबार, २३ वैशाख/ काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले वैशाख १७ गते पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ ।

प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा आकस्मिक समयमा बोल्दै पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न माग गरेकी हुन् ।

उनले संसद्मा भनिन्, ‘प्रशासनिक मनोमानीको निष्पक्ष छानबिन होस् । रेशम चौधरीप्रति भएको घटनाको सरकारले सार्वजनिक जवाफ देओस् ।’

चौधरीको गिरफ्तारीले संघीयता, समावेशिता र लोकतन्त्रप्रतिको विश्वासमा चोट लागेको रञ्जिताले बताइन् । उनले भनिन्, ‘यहाँ केवल एक जनाको गिरफ्तारी होइन संघीयता, समावेशिता र लोकतन्त्रप्रतिको विश्वासमा चोट लागेको छ ।’
उनले राज्यका संयन्त्रहरू माथि प्रश्न गर्दै कसरी एउटा व्यक्तिको रिसीवीका कारण मानिसलाई दुःख दिइन्छ भन्दै आक्रोश पोखिन् । ‘सभामुख मार्फत सरकारसँग प्रश्न गर्न चाहन्छु कसरी एक निर्वाचित प्रतिनिधि, जननेता कार्यक्रम स्थलबाटै यस्तो तवरले पक्राउ पर्छन्’ रञ्जिताले भनिन्, ‘कसरी राज्यका सम्यन्त्रहरूले एक व्यक्तिको व्यक्तिगत रिसीवीलाई कानुनभन्दा माथि राख्छन् । सरकारप्रति विश्वास राखेर आग्रह गर्न चाहन्छु । घटनाको गहिरो अध्ययन होस् ।’

रेशमलाई राज्यले कार्यक्रम स्थलबाट कार्यक्रम सुरु हुनु पूर्व एउटा कर्मचारीको व्यक्तिगत आक्रोशका आधारमा कानुनी प्रक्रिया बिना गिरफ्तार गरेको भनाइ रञ्जिताको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्