सोमबार, २२ वैशाख/ काठमाडौँ । एक महिना बितिसक्दा पनि एउटा गभर्नर नियुक्त गर्न सक्नुभएको छैन । दुई तिहाइको अहंकार त अब मैले हेर्दा बेलुन फुटिसकेको देख्छु,’ प्रचण्डले भनेका छन् ।
हरेक निर्णय र नियुक्तिमा स्वार्थ समूह नै हावी भएको आरोप लगाउँदै उनले भने, ‘जनताले सेवा प्रवाह सहज रुपमा पाउन सकेका छैनन् । सार्वजनिक संस्थानमा चरम राजनीतिकरण भइरहेका छन् ।’
प्राविधिक रुपमा अहिलेको सरकार नढलेको भए पनि जनताको मन मस्तिष्कमा सरकार ढलेजस्तो भएको बताए ।
‘प्राविधिक रुपमा त अहिले सरकार ढलेको छैन । तर साँच्चै जनताको मन मस्तिष्कमा यतिबेला नैतिक रुपमा भन्ने हो भने सरकार छैन, ढलिसकेको छ,’ प्रचण्डले भने, ‘मेरो चिन्ता हिजो पनि थियो, आज पनि त्यही भन्छु सरकारको कार्यशैलीले तपाईंहरू मात्रै ढल्दै हुनुहुन्न, लोकतन्त्रमाथि बाहिरबाट भन्दा सरकारकै काम कारबाहीका कारण बढी खतरा पैदा हुने त होइन?