सोमबार, २२ वैशाख/ काठमाडौं । नेकपा एमालेकी सचेतक सुनिता बरालले प्रयोगविहीन २ हजार बढी सरकारी सवारी साधनको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएकी छन ।
सोमबार प्रतिनिधि सभामा बोल्दै उनले सरकारी निकायमा २ हजार बढी सवारी साधन प्रयोगमा छैनन् भन्ने तथ्याङ्क रहेको बताइन् ।
ति सवारी साधनलाई विद्युतीय सवारीमा बदल्न सकिन्छ कि वा के गर्न सकिन्छ भन्ने कुरा हेर्न आवश्यक रहेको उनले बताइन् ।