spot_img
होमपेजप्रदेश समाचारललितपुरमा कार दुर्घटना, बिजुलीको पोल भाँचिएर सडकमा पुग्यो, ३ जना घाइते

ललितपुरमा कार दुर्घटना, बिजुलीको पोल भाँचिएर सडकमा पुग्यो, ३ जना घाइते

- Advertisement -spot_img


सोमबार, २२ वैशाख /काठमाडौं । ललितपुरको सातदोबाटो–हात्तीवन ओरालोमा कारको ठक्करबाट बिजुलीको पोल भाँचिएर बीच सडकमा पुगेपछि यातायात आवागमन बन्द गरिएको छ । पोलमा ठोक्किएको कारमा सवार तीन जना घाइते भएर बीएण्डबी अस्पताल पठाइएको छ ।

११ हजार भोल्टको करेन्ट प्रवाह हुने बिजुलीको तार टाँगिएको पोल नै सडकको बीच भागमा रहेकाले सवारी आवागमन बन्द गरिएको हो ।

ललितपुर महानगरपालिकाका नगर प्रहरी, नेपाल विद्युत् प्राधिकरणका प्राविधिक समेतको सहयोगमा पोल हटाउने प्रयास जारी छ ।

पूर्व ट्राफिक प्रहरीसमेत रहेका ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले भने, ‘मैले गाडी ठोक्किएर पोल ढलेको, बांगो भएको त देखेको छु तर सडक किनारमा गाडिएको पोल भाँचिएर बीच सडकमा पुगेको चाहिँ देखेको थिइनँ ।’

प्रहरी स्रोतका अनुसार मापसे गरी सवारी चलाउँदा कार दुर्घटना भएको हो । कारको अगाडिको भाग क्षतिग्रस्त भएको देखिन्छ । दुर्घटनाको प्रकृति हेर्दा कार तीव्र गतिमा भएको अनुमान गर्न सकिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्