शुक्रबार, १९ वैशाख/ काठमाडौँ । समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई राहत दिन कोष स्थापना गरिने भएको छ । सरकारले प्रस्तुत गरेको नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो कोष स्थापना गर्ने घोषणा गरिएको हो ।
यसअघि सरकारले सहकारी संस्थाको सम्पत्ति बेचेरै बचत फिर्ता गर्ने बताउँदै आएको थियो ।
नयाँ नीति तथा कार्यक्रमबाट भने सरकारी कोषबाटै राहत उपलब्ध गराउन लागिएको हो । कोषको आकार भने आगामी जेठ १५ गते प्रस्तुत हुने बजेटमा घोषणा हुनेछ ।