शुक्रबार, १९ वैशाख /काठमाडौँ । गत चैत १५ गते पक्राउ परेका राप्रपाका नेता रवीन्द्र मिश्र लगायतको रिहाइका लागि रिले अनसन सुरु भएको छ । राष्ट्रवादी देशभक्त जनता ललितपुरको आयोजनामा जावलाखेलमा अनसन सुरु भएको हो ।
शुक्रबारदेखि सुरु भएको रिले अनसन बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म हुने बताएको छ । अनसनमा बसेकाहरूले झुटा मुद्दा खारेज, रवीन्द्र मिश्र लगायत सम्पूर्ण राष्ट्रवादी साथीहरूलाई तत्काल रिहा थर, विधिको शासन कायम गर, नागरिक स्वतन्त्रता हकसहितको सम्मान गर लगायत नारा लेखेका ब्यानर बोकेका छन् ।

चैत १५ को हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका मिश्र हिरासतमै छन् ।