spot_img
होमपेजमनोरञ्जनराष्ट्रिय ओप्सना फिल्म्स एण्ड म्युजिक अवार्ड २०८२ को फर्म भर्ने म्याद जेठ...

राष्ट्रिय ओप्सना फिल्म्स एण्ड म्युजिक अवार्ड २०८२ को फर्म भर्ने म्याद जेठ ५ सम्म

- Advertisement -spot_img


मङ्गलबार, १६ वैशाख/ काठमाडौँ । ओप्सना फिल्म्स प्रा.लि .ले राष्ट्रिय ओप्सना फिल्मस एण्ड म्युजिक अवार्ड(२०८२)प्रदान गर्ने जनाएको छ । आधुनिक गीत, पप गीत, चलचित्रका गीत, भाषाभाषीका गीत, राष्ट्रिय गीत, लोकगीत, डेउडा लगायत संगीत क्षेत्र र अन्य क्षेत्रका गरी ३९ वटा विभिन्न विधामा सम्मान तथा अवार्ड प्रदान गर्ने प्रालिका अध्यक्ष तथा संगीतकार ओम प्रकाश राईले बताउनुभयो ।

संगीत, कलाकारिता, खेलकूद, पत्रकारिता र सामाजिक क्षेत्रमा योगदान गर्ने व्यक्ति लगायतका संगीत बाहेकका क्षेत्रलाई समेत सम्मान तथा अवार्ड प्रदान गरिने छ । साथै लामो समयदेखि गीत संगीतमा सेवारत व्यक्तित्वलाई लाइफटाइम एचिभमेन्ट अवार्ड तथा विदेशमा बसेर गीत संगीत र अन्य क्षेत्रमा योगदान पुर्यारहेका व्यक्तित्वलाई डायस्पोरा अवार्ड प्रदान गरिनेछ । अवार्डमा आवेदनका लागि ओप्सना फिल्मस् प्रा लि बुद्धनगरको कार्यालयमा फाराम उपलब्ध रहेको राईले बताउनुभयो ।

थप जानकारीका लागि मोवाइल नं ९८५१०६६०९२, ९८४००५३०७६ मा सम्पर्क गर्न सकिनेछ । सवै अवार्डका लागि जेठ ५ गतेसम्म फाराम बुझाउन सकिने र डायस्पोरा अवार्डका लागि इमेल मार्फत पनि फाराम बुझाउन सकिने राईले बताउनुभयो । संगीत, साहित्य र समाजका लागि लामो समयदेखि सेवारत ओप्सना फिल्मस प्रालि ले यसअघि पनि विभिन्न विधामा अवार्ड प्रदान गर्दै आएको छ ।

संगीत, साहित्य, पत्रकारिता, खेलकूद तथा सामाजिक क्षेत्रमा नवआगन्तुक र अनवरत सेवा गरिरहेकाहरुलाई प्रोत्साहनका लागि अवार्ड प्रदान गर्न लागिएको संगीतकार राईले बताउनुभयो । नेपाली संगीत क्षेत्रमा लामो समयदेखि संघर्षरत राईका श्रीमान श्रीमती नै संगीत क्षेत्रमा लागिरहनुभएको छ । राईले हालसम्म करिव ४ हजार भन्दा वढी गीतलाई संगीत प्रदान गरेका गर्नुभएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्