सोमबार/ काठमाडौं
गीत संगीत हर कोहिको भावना, स्मृतिमा जोडिएको हुन्छ । गीत संगितले मानवको मनोदशा परिवर्तन गर्नसक्छ खुशी, दुख, शान्ती, प्रेम जस्ता भावना गीत संगीतबाट नै झल्कीन्छ र त गीत संगीतबाट कोहि अछुत रहन सक्दैन फरक यति मात्र हो कसैलाई प्रेमिल लय शब्द अनि धुनले छुन्छ त कसैलाई वेदनाले भरिपुर्ण संगितले छुन्छ त्यस्तै यी गीत संगितको भिडमा कहिले काही फरक खालका गीतहरु बजारमा आईदिदा त्यस्ता गीत संगीतको बेग्लै महत्व हुने गर्छ । सोही क्रममा पछिल्लो समय थुप्रै खालका गीतहरु बजारमा ल्याई सकेका गायक प्रमोद डिजीको नयाँ देउडा फ्युजन “रुप्स्या पातली सुवा” बोलको गीत आरडिपी यु ट्युब च्यानल मार्फत सार्बजनिक भएको छ । गीतमा माधव राज खरेलको शब्द,राजेन्द्र बजगाईको संगित तथा संगित संयोजन,प्रमोद डिजीको आवाज रहेको छ । गीतलाई मनोज परियारले मिक्सिङ्ग माष्टरिङ्ग गरेका हुन भने म्युजिक किचन स्टुडियोमा रेर्कडिङ्ग गरिएको हो ।