spot_img
होमपेजप्रदेश समाचारमकवानपुरगढीमा माइक्रो बस दुर्घटना हुँदा बालिकासहित २ जनाको मृत्यु, १४ जना घाइते

मकवानपुरगढीमा माइक्रो बस दुर्घटना हुँदा बालिकासहित २ जनाको मृत्यु, १४ जना घाइते

- Advertisement -spot_img

शुक्रबार, ०५ वैशाख / हेटौंडा । मकवानपुरगढी गाउँपालिका स्थित कान्तिलोकपथ खण्डमा माइक्रो बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मकवानपुरगढी गाउँपालिका(२ धरमपानीमा काठमाडौंबाट हेटौंडा आउँदै गरेको बाप्र०१(००६ ख ७०७२ नम्बरको इभीको माइक्रो बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

उनका अनुसार सर्लाहीको बागमती गाउँपालिका ७ बस्ने १३ वर्षीया मानुषी मगर र रौतहट दुर्गा भवानी गाउँपालिका वडानम्बर ५ बस्ने ५० वर्षीय निलमदेवी राउतको मृत्यु भएको छ ।

मगरको शव घटनास्थल नजिकको खोल्सामा भेटिएको थियो भने राउतको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा १४ जना घाइते भएका छन् । चालक सर्लाही बागमती गाउँपालिका ५ का २९ वर्षीय कमलबहादुर दर्लामी सहितका घाइतेहरु १४ जनाको हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

गाडी सडकबाट करिब २०० मिटर तल खसेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्