spot_img
होमपेजअन्तर्राष्ट्रिय समाचारयुद्धविरामको बदलामा हतियार त्याग्ने इजरायलको प्रस्ताव हमासद्वारा अस्वीकार

युद्धविरामको बदलामा हतियार त्याग्ने इजरायलको प्रस्ताव हमासद्वारा अस्वीकार

- Advertisement -spot_img


बुधबार, ०३ वैशाख/ काठमाडौं । इजरायलले युद्धविरामको बदलामा हतियार त्याग्न गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलले आफूले गाजा क्षेत्रमा ६ हप्ता युद्धविराम गर्ने र त्यसको बदलामा हमासले हतियार त्याग्नुपर्ने प्रस्ताव राखेको थियो ।

तर एक वरिष्ठ प्यालेस्टिनी अधिकारीले हमासले युद्धविरामका लागि राखेको उक्त प्रस्ताव हमासले अस्वीकार गरेको जानकारी दिएको बीबीसीले जनाएको छ । हमासका अनुसार इजरायलले युद्ध अन्त्य गर्ने कुनै प्रतिबद्धता नजनाएकाले उक्त प्रस्ताव अस्वीकार गरिएको हो ।

हमासका प्रमुख मागबारे पनि सम्बोधन भएको छैन । जबकी यसको बदलामा हमासको कैदमा रहेका आधा बन्धकलाई मुक्त गरिएको थियो ।

गाजा क्षेत्रमा इजरायलको सैन्य कारबाही जारी रहेका बेला सर्तसहितको युद्धविराम प्रस्ताव सार्वजनिक भएको थियो । हालै गाजाको युनिसखानको एक अस्पतालमा आक्रमण भएको थियो । सो आक्रमणमा एक सुरक्षागार्ड मारिनुका साथै ९ जना घाइते भएका थिए । तर इजरायली सेनाले सो आक्रमणमा हमासका एक नेता मारेको दाबी गरेको थियो ।

यसबीच संयुक्त राष्ट्र संघले जारी युद्धका कारण गाजामा मानवीय संकट अत्यन्तै खराब स्थितिमा पुगेको जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्